झापा । बाबुआमा दुवै जना बेपत्ता भएको वर्षौँ भइसकेर कुनै अत्तोपत्तो नलागेपछि बिर्तामोड- ४ को सेडाई परिवारले कुशको विधिबाट अन्त्येष्टि गर्ने भएको छ ।
बिर्तामोड-१० सैनिक बजार (पथ्थरभिट्टा) मा अस्थायी बसोबासकै समयमा शशिधर सेडाई २०२८ फागुनमा ७२ वर्षको उमेरमा हरिद्वार भारत जान्छु भनी हिँडेकोमा हालसम्म सम्पर्क आएका छैनन् ।
त्यस्तै उनकी श्रीमती छलीमाया सेडाई २०६० सालदेखि मानसिक समस्या भई घोपामा उपचारको क्रममा २०६८ साल फागुन १८ गते ८८ वर्षको उमेरमा घरबाट हिँडी सम्पर्कविहीन भएकी छन् ।
धेरै खोजतलास गर्दा पनि दुवैलाई फेला पार्न नसकेको सेडाई परिवारले जनाएको छ । हाल आएर उनीहरूको उमेर १०० वर्ष पुगेकाले र अब फर्किने आशा नरहेकाले भदौ २८ गते कुशे औँसीका दिन दुवै जनाको कुशको विधिबाट दाहसंस्कार गरी काजक्रिया गरिने छोरा बिर्तामोड ४ निवासी घनश्याम सेडाईले बताए ।