२०८१ भाद्र २३ आईतवार

स्ववियु T-10 क्रिकेट : काँकरभिट्टा क्याम्पस ए र कनकाई बिर्तामोड फाइनलमा

विश्वास दाहाल, काँकरभिट्टा, भदौं २३ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा भइरहेको अन्तर क्याम्पस टि-१० क्रिकेट प्रतियोगिता अन्तरगतको पहिलो सेमीफाइनल खेलमा काँकरभिट्टा बहुमुखी क्याम्पस (ए) ले कनकाई सुरुङ्गा क्याम्पसलाई ४९ रन तथा कनकाई बिर्तामोड क्याम्पसले दमक बहुमुखी क्याम्पसलाई ७ रनले पराजित गरी फाइनलमा स्थान पक्का गरेको छ ।
प्रतियोगिताकोे पहिलो सेमीफाइनल खेल अन्तरगत काँकरभिट्टा क्याम्पस (ए) ले टस हारेर पहिलो ब्याटिङ्ग गर्दै निर्धारित १० ओभरको खेलमा सबै विकेट गुमाउँदै ८६ रनको योगफल तयार पारेको थियो । काँकरभिट्टा (ए) का लागि देवेन्द्र गिरीले ३४ रनको योगदान दिएका थिए । बलिंगतर्फ कनकाई सुरुगाका गोपाल नेपालले ४ विकेट लिएका थिए ।

८७ रनको लक्ष्य लिई मैदानमा ओर्लेको कनकाई सुरुगा क्याम्पसले निर्धारित १० ओभरमा १० विकेट गुमाई ३६ रन मात्र जोडन सकेका थियो । कनकाई सुरुगाका अकिंत दासले १४ रन बनाएका थिए । बलिंगतर्फ काँकरभिट्टा क्याम्पस (ए) का लागि आशिक राना मगरले ३ विकेट लिएका थिए ।

खेलको प्लेयर अफ द म्याच काँकरभिट्टा बहुमुखी क्याम्पस (ए) का आशिक राना मगर घोषित भएका थिए ।

शनिबार नै सम्पन्न दोश्रो सेमीफाइनल खेलमा दमक बहुमुखी क्याम्पसले टस जितेर पहिलो ब्याटिंग गर्दै निर्धारित १० ओभरको खेलमा ९० रनको योगफल तयार पारेका थियो । दमक बहुमुखी क्याम्पसका लागि रुपक बरालले ३४ रनको योगदान दिएका थिए ।

९० रनको लक्ष्य लिई मैदानमा ओर्लेको कनकाई बिर्तामोड क्याम्पसले १० ओभर ८९ रन बनाएको थियो । कनकाईका लागि प्रज्वल मैनालीले २६ रन बनाएका थिए । रन बराबर भएपछि खेल सुपरमा गएको थियो । सुपर ओभरमा कनकाई बिर्तामोडले दमक बहुमुखी क्याम्पसलाई ७ रनले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

खेलको प्लेयर अफ द म्याच कनकाई बिर्तामोड क्याम्पसका बिपिन कार्की घोषित भएका थिए ।

प्रतियोगिताको फाइनल खेल काँकरभिट्टा बहुमुखी क्याम्पस ए र कनकाई बिर्तामोड बिच भदौं २६ मंगलबार हुने आयोजकले जनाएको छ ।

२०८० भाद्र २३, शनिबार प्रकाशित 1 Minute 356 Views

ताजा समाचार