२०८२ बैशाख १७ बुधबार

आधुनिक साकोसको आयोजनामा नि:शुल्क आँखा शिविर, ३५४ जनाले लिए सेवा

चारआली, २३ भदौं । आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) द्वारा आयोजित एक दिने निःशुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर-१३ चारआली आइतबारे बजारको मन्दिर परिषरमा निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ ।

शिविरमा ३५४ सहकारी संस्थाका सदस्य तथा स्थानीयहरुको आँखा चेकजाँच हुँदा २९ जनाको मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने काँकरभिट्टा आईकेयर सेन्टरका दृष्टि विशेषज्ञ प्रज्वल भट्टराईले बताए ।

त्यसैगरी, आँखामा मासु पलाएका १२ जना फेला परेका थिए । शिबिरमा १२३ जनालाई निःशुल्क औषधि तथा ७३ जनालाई निःशुल्क चस्मा वितरण गरिएको आधुनिक सहकारी संस्थाका व्यवस्थापक पारस ओलीले बताए ।

शिविरमा धाइजन, धुलाबारी, चारआली बजारलगायत आसपासका क्षेत्रका सदस्यहरुले आँखाको जाँच गराएका थिए ।

शिविरमा काँकरभिट्टा आई केयर सेन्टरका दृष्टि विशेषज्ञ प्रज्वल भट्टराईको नेत्रृत्वमा आएको ४ जना प्राविधिक टोलीले शिविरमा आँखाका बिरामीहरुलाई सेवा प्रदान गरेका थिए ।

शिविरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर वडा नं १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सिग्देलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विशेष अतिथि आइतबारे टोल विकास संस्थाका अध्यक्ष हर्कबहादुर भट्टराईको रहेको थिए ।

कार्यक्रममा आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) का उपाध्यक्ष युवराज भट्टराई, सचिव भिमप्रसाद लम्साल, कोषाध्यक्ष कृष्णराज पौडेल, सदस्य कृष्णकान्त खनिया, चुडामणी बराल, लेखा समिति सदस्य केशवप्रसाद कोइराला, ओमप्रकाश भट्टराई, काँकरभिट्टा उपसमिति सदस्य शरदकुमार खनाल, चारआली उपसमिति सदस्य सुरेखा भट्टराई, राजु पोखरेल र संस्थाका कर्मचारीको उपस्थिति रहेको थियो ।

आधुनिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कमल थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको स्वागत मन्तव्य आधुनिक साकोस चारआली सेवाकेन्द्रका उपसमिति संयोजक चुडामणी बराल र काँकरभिट्टा आई केयर सेन्टरका दृष्टि विशेषज्ञ प्रज्वल भट्टराईले  कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन चारआली सेवा केन्द्रका कार्यालय प्रमुख विश्वास दाहालले गरेका थिए ।

२०८० भाद्र २३, शनिबार प्रकाशित 1 Minute 537 Views

ताजा समाचार