२०८३ जेष्ठ २२ शुक्रबार

होटल व्यवसायी महासंघको अध्यक्षमा दिनेशकुमार चुके निर्वाचित

होटल व्यवसायी महासंघ नेपालको अध्यक्षमा दिनेशकुमार चुके निर्वाचित भएका छन्।

चितवनको भरतपुरमा सम्पन्न १० औं साधारणसभा तथा चौंथो राष्ट्रिय महाधिवेशनबाट चितवनका चुके सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन्।

उनले नारायणगढमा होटल गंगोत्री सञ्चालन गरेका छन्।

महासंघको वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा, प्रशासन (संगठन) उपाध्यक्षमा वीरञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती निर्वाचित भए।

उपाध्यक्षमा गोरखाका भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलकबहादुर कार्की र देवी गौतम, महिला उपाध्यक्षमा धनादेवी चोखाल, महासचिवमा तुल्सीराम भण्डारी र उपमहासचिवमा राजेश महोत्रा निर्वाचित भएका छन्।

सचिवमा राजु अधिकारी, कमलबहादुर बम, धनेश्वर भण्डारी, ताराप्रसाद आचार्य, जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन र मित्रप्रसाद ढकाल, कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सुदीपकुमार श्रेष्ठ निर्वाचित भएका छन्।

२०७९ पुष २१, बिहीबार प्रकाशित 0 Minutes 489 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।