
विश्वास दाहाल, काँकरभिट्टा, भदौं २२ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा भइरहेको अन्तर क्याम्पस टि-१० क्रिकेट प्रतियोगिता अन्तरगतको तेश्रो क्वाटरफाइनल खेलमा काँकरभिट्टा बहुमुखी क्याम्पस (ए) ले गोमेन्द्र बहुमुखी क्याम्पसलाई ५६ रन तथा कनकाई बिर्तामोड क्याम्पसले इन्द्रचन्द्र बहुमुखी क्याम्पसलाई ७ विकेटले पराजित गरी सेमीफाइनलमा आ-आफनो स्थान पक्का गरेको छ ।
प्रतियोगिताकोे तेश्रो क्वाटरफाइनल खेल अन्तरगत काँकरभिट्टा क्याम्पस (ए) ले टस हारेर पहिलो ब्याटिङ्ग गर्दै निर्धारित १० ओभरको खेलमा ५ विकेट गुमाउँदै ११३ रनको योगफल तयार पारेको थियो । काँकरभिट्टा (ए) का लागि रोहिन राईले ४२, आशिक राना मगरले ३७, बिकास डाँगीले २१ रनको योगदान दिएका थिए । बलिंगतर्फ गोमेन्द्रका विश्वास साम्सोहाङ्गले २, प्रभाकर कट्वालले १, प्रभात बानले १, शुशिल मिश्रले १ विकेट लिएका थिए ।

११३ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको गोमेन्द्र बहुमुखी क्याम्पसले निर्धारित १० ओभरमा ८ विकेट गुमाई ५६ रन मात्र जोडन सकेका थियो । बलिंगतर्फ काँकरभिट्टा क्याम्पस (ए) का लागि देवेन्द्र गिरीले ३, विकास डाँगीले २, आशिक राना मगरले २, रिकुस साम्पाङ्गले १ विकेट लिएका थिए ।
खेलको प्लेयर अफ द म्याच काँकरभिट्टा बहुमुखी क्याम्पस (ए) का आशिक राना मगर घोषित भएका थिए ।
शुक्रबार नै सम्पन्न चौथो क्वाटरफाइनल खेलमा इन्द्रचन्द्र बहुमुखी क्याम्पसले टस जितेर पहिलो ब्याटिंग गर्दै निर्धारित १० ओभरको खेलमा ६ विकेट गुमाई ८२ रनको योगफल तयार पारेका थियो । इन्द्रचन्द्र क्याम्पसका लागि कमल कार्कीले ५२ रनबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । बलिंगतर्फ कनकाई बिर्तामोड क्याम्पसका सन्तोष कार्कीले २, अभि थापाले १, मिलन अधिकारीले १ विकेट लिएका थिए ।
८३ रनको लक्ष्य लिई मैदानमा ओर्लेको कनकाई बिर्तामोड क्याम्पसले ९ ओभर ५ बलमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्याएको थियो । कनकाईका लागि प्रज्वल मैनालीले २९, बिपिन कार्कीले २८, भिम सिटौलाले १४ रनको योगदान दिएका थिए । बलिंगतर्फ इन्द्रचन्द्र क्याम्पसका दिपु चौधरीले २, कमल कार्कीले १ विकेट लिएका थिए ।
खेलको प्लेयर अफ द म्याच कनकाई बिर्तामोड क्याम्पसका बिपिन कार्की घोषित भएका थिए ।
प्रतियोगिता अन्तरगत शनिबार पहिलो सेमीफाइनल खेल काँकरभिट्टा बहुमुखी क्याम्पस ए र कनकाई सुरुगा क्याम्पस बिच हुने र शनिबार नै दोश्रो सेमीफाइनल खेल दमक बहुमुखी क्याम्पस र कनकाई आर्दश क्याम्पस बिर्तामोड बिच हुने आयोजकले जानकारी दिएको छ ।
भदौ १५ गतेबाट शुरु भएको प्रतियोगिता भदौ २६ सम्म चल्नेछ । प्रतियोगितामा जिल्लाभरका १६ क्याम्पसको सहभागिता रहेको छ भने प्रथम र दोस्रो पुरस्कार स्वरुप क्रमशः ५० हजार र ३० हजार नगदसँगै ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ ।