
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर १ तिरिङ दोभानस्थित मेची नदीमा हाम फालेकी एक महिलाको सकुशल उद्धार गरिएको छ । शुक्रबार नदिमा हाम फाल्न लागेकी महिलालाई सशस्त्र प्रहरीले उद्दार गरेको हो ।
इलामको रोङ गाउँपालिका–६ बस्ने ४० वर्षीया सोमा तामाङले नदीमा हाम फालेको जानकारी पाएलगत्तै खटिएको सशस्त्र प्रहरीको टोलीले उनको सकुशल उद्धार गरेको हो । उनलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

२०८० भाद्र २२, शुक्रबार प्रकाशित
0 Minutes
2848 Views