२०८३ जेष्ठ २८ बिहीबार

अश्लील हर्कत गरेको भिडियो भाइरल भएपछि काजीमानलाई बाह्रदशीमा हाजिर गर्न रोक

झापा । कार्यकक्षमै महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडियो भाइरल भएका काजीमान राईलाई बाह्रदशी गाउँपालिकामा हाजिर गर्न रोक लगाइएको छ ।

आज बसेको बाह्रदशी गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो। स्रोतका अनुसार गत १४ गते हाजिर भएका राईलाई फिर्ता पठाई नयाँ प्रशासकीय अधिकृतका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाइने छ।

इलामको माइजोगमाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहँदा राईले एक महिला कर्मचारीसँग अश्लील गतिविधि गरेको भिडियो सामाजिक सञ्जाल भाइरल भएको थियो।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र महिला कर्मचारीले लेखा शाखाको कार्यकक्षमा अनैतिक क्रियाकलाप गरेको सिसिटिभी फुटेज बाहिरिएको थियो । मंगलवारदेखि सामाजिक सञ्जालमा भाइरल भएका प्रमुख प्रशासकीय अधिकृत बाह्रदशीमा सरुवा भई आएका थिए । बाह्रदशीमा उनले दुई दिन हाजिर गरेका थिए ।

केही महिनाअघि माइजोगमाइ गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो । तर, तत्कालै आगो नियन्त्रणमा लिइएपछि क्षति हुन पाएको थिएन । केही स्थानीयले पालिकाको कार्यालयमा आगलागी भएको नभई आर्थिक अनियमितता र अश्लील क्रियाकलाप ढाकछोप गर्न कर्मचारीले नै आगजनी प्रयास गरेको भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका थिए ।

२०८० भाद्र २२, शुक्रबार प्रकाशित 0 Minutes 400 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।