मेचीनगर । मेचीनगर ७ मा डेढ करोड लागतमा ङाग्युर देछ्छेन छोलिङ गुम्बाको शिलान्यास गरिएको छ ।
शुक्रबार मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाकोकीले शिलान्यास गरेका हुन् । डेढ करोडको लागतमा बन्ने उक्त गुम्बा दाता गुरूङ समुदाय, स्थानप्य र प्रदेश सरकारको सहयोगमा निर्माण हुने समितिका अध्यक्ष सुभास गुरूङले बताए । अध्यक्ष गुरूङका अनुसार समितिले २०६५ सालमा नै ३ कठठा जग्गा खरिद गरेका थियो, त्यहि जग्गामा सुविधा सम्पन्न गुम्बा बन्न लागेको हो ।
मेचीनगर क्षेत्रमा २ सय भन्दाबढी घर परिवार गुरूङ समुदायको बसोबास रहेको छ । उक्त भवनमा मन्दिर छेसुङ त्रीरत्न भगवानको मुर्ति बस्छ, भने- पूजापाठ – प्रवचन, भक्तहरूको पुस्तकालय हुनेछ । करिब ३/ ४ सय जना आट्ने सभाहल बन्ने समितिका सचिव होम गूरूले बताए ।
शिलान्यास कार्यक्रममा मेचीनगर ७ का वडा अध्यक्ष प्रल्लादमणी ओली, गुरूङ समुदायसँगै अन्य समुदायको उपस्थिति रहेको थियो । गुम्बा एक बर्षको अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको समितिको भनाइ छ ।