
विश्वास दाहाल, काँकरभिट्टा, भदौ २१ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा भइरहेको अन्तर क्याम्पस टि-१० क्रिकेट प्रतियोगिता अन्तरगतको पहिलो क्वाटरफाइनल खेलमा आज (बिहिबार ) कनकाई सुरुङ्गाले क्याम्पसले मेची बहुमुखी क्याम्पसलाई ९ रन तथा दमक बहुमुखी क्याम्पसले काँकरभिट्टा बहुमुखी क्याम्पस (बी)लाई १०९ रनले पराजित गरी सेमीफाइनलमा आ-आफनो स्थान पक्का गरेको छ ।
बिहिबार पहिलो खेल अन्तरगत कनकाई सुरुङ्गाले टस हारेर पहिलो ब्याटिङ्ग गर्दै निर्धारित १० ओभरको खेलमा ७ विकेट गुमाउँदै ७७ रनको योगफल तयार पारेको थियो । कनकाई सुरुङ्गा क्याम्पसका लागि अंकित दासले २६, रोहित कुमार खनाल १५, गिसल पौडेलले ११ रनको योगदान गरेका थिए । बलिंगतर्फ मेची बहुमुखी क्याम्पसका चन्द्र रायले २, उज्वल काफ्लेले १, उद्देश्य बोहोराले १, सागर गौतमले १, सरोज पाण्डेले १ विकेट लिएका थिए ।

७७ रनको लक्ष्य लिई मैदानमा ओर्लेको मेची बहुमुखी क्याम्पसले १० ओभरमा ९ विकेट गुमाई ६८ रन मात्र जोड्न सकेको थियो । मेची क्याम्पसका लागि उद्देश्य भण्डारीले १५, सन्देश दुलालले ११, मनिष कामतले १० रनको योगदान दिएका थिए । बलिंगतर्फ कनकाई सुरुङ्गा क्याम्पसका लागि रोशन भट्टराईले ३, गोपाल नेपालले २, पुजन थापाले १, अंकित दासले १, बिसाल कार्कीले १ विकेट लिएका थिए ।
खेलको प्लेयर अफ द म्याच कनकाई सुरुङ्गा क्याम्पसका रोशन भट्टराई घोषित भएका थिए ।
बिहिबार नै सम्पन्न दोश्रो खेल अन्तरगत दमकले टस जितेर पहिलो ब्याटिङ्ग गर्दै निर्धारित १० ओभरको खेलमा ३ विकेट गुमाउँदै १४१ रनको योगफल तयार पारेको थियो । दमक क्याम्पसका लागि रुपक बरालले ५७, सचिन श्रेष्ठले ३४, सुरज न्यौपानेले ३० रनको योगदान दिएका थिए । बलिंगतर्फ काँकरभिट्टा क्याम्पस बी का पवन राजवंशीले १, गौरभ कुनवारले १ विकेट लिएका थिए ।
१४१ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको काँकरभिट्टा बहुमुखी क्याम्पस बीले सबै विकेट गुमाई ३१ रनमा समेटिएको थियो । बलिंगतर्फ दमक बहुुमुखी क्याम्पसका लागि सुजन चौधरीले ३, सुरज न्यौपानेले २, रोर्बट राईले २, संगम बुढाथोकीले १, निरज पाठकले १, अभिकेष राईले १ विकेट लिएका थिए ।
खेलको प्लेयर अफ द म्याच दमक बहुमुखी क्याम्पसका सुजन चौधरी घोषित भएका थिए ।
प्रतियोगिता अन्तरगत शुक्रबार तेश्रो क्वाटरफाइनल खेल काँकरभिट्टा बहुमुखी क्याम्पस ए र गोमेन्द्र बहुमुखी क्याम्पस बिच हुने र शुक्रबार नै दोश्रो क्वाटरफाइनल खेल इन्द्रचन्द्र बहुमुखी क्याम्पस र कनकाई बिर्तामोड क्याम्पस बिच हुने आयोजकले जानकारी दिएको छ ।
भदौ १५ गतेबाट शुरु भएको प्रतियोगिता भदौ २६ सम्म चल्नेछ । प्रतियोगितामा जिल्लाभरका १६ क्याम्पसको सहभागिता रहेको छ भने प्रथम र दोस्रो पुरस्कार स्वरुप क्रमशः ५० हजार र ३० हजार नगदसँगै ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ ।