२०८१ जेष्ठ ५ शनिबार

बाहुण्डाँगी जेसीजको सप्ताह उद्घाटन

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज वर्ष २०२३ को जेसीज सप्ताह बुधवारबाट सुरु भएको छ ।

कृष्णजन्मोष्टमीको अवसर पारेर मेचीनगर १ कृष्णथुम्कीमा पानी वितरण कार्यक्रम गर्दै सप्ताहको उद्घाटन गरिएको हो । जेसीजको एउटा पर्वकै रुपमा रहेको सप्ताहमा ८ वटा कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रमको उद्घाटन गरिएको हो ।

शाखाका अध्यक्ष केवल निरौलाको सभापतित्व तथा मेचीनगर १ का वडा अध्यक्ष रामकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको उद्घाटन भएको हो । उद्घाटन गर्दै प्रमुख अतिथि अध्यक्ष राईले मानवताको सेवामा काम गर्दै आएको जेसीजले कृष्णथुम्कीमा आउने भक्तजनहरुका लागि निःशुल्क पानी वितरण गर्दै आफ्नो वडाबाट कार्यक्रम सुरु गरेकोमा धन्यवाद दिए ।

वडा नम्बर २ का वडा अध्यक्ष दिपक बरालको विषेश आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १ का पूर्व वडा अध्यक्ष पासाङ तामाङ, कार्यपालिका सदस्य तिलजा देवाल, चेतकुमार हुमगाई, पूर्व वडा सदस्य डिगेन थापा, कृष्णथुम्की मेला समितिका संयोजक सोम राईलगायतको सहभागिता रहेको मुल कार्यक्रम संयोजक सामुल रायाले बताए । कार्यक्रम संयोजक शुष्मा मिश्रले स्वागत गरेको कार्यक्रमको आस्थापाठ कार्यकारीणी उपाध्यक्ष सुस्मिता खतिवडा र सञ्चालन महासचिव नित्यानन्द चम्लगाईले गरेका थिए ।

२०८० भाद्र २०, बुधबार प्रकाशित 0 Minutes 135 Views

ताजा समाचार