२०८० फाल्गुन ११ शुक्रबार

३ महिनादेखि वेपत्ता श्रीमान् खोजीदिन शोभाको आग्रह

मेचीनगर । मेचीनगर-६ आदर्शटोलकी शोभा बुढाथोकीले ३ महिनादेखि एकाएक बेपत्ता भएका ५१ वर्षीय श्रीमान् दुर्गा दाहाल खोजी गरिदिन आग्रह गरेकी छन् ।

२०७९ चैत महिनादेखि घर नआएको र असारमा फोन सम्पर्क भएपछी हाल बेपत्ता भएको मंगलबार मेची सामुदायिक केन्द्रमा पत्रकारसमक्ष आग्रह गरेकी हुन् । `मैले सबै ठाउँमा सम्पर्क गरे, इलाका प्रहरी कार्यालयमा खोजीदिन निवेदन पनि दिएको छु, हालसम्म सम्पर्कमा आउनुभएको छैन, बुढाथोकीले भाबुक हुँदै भनिन् ।  वेपत्ता भएका दुर्गा दाहालले बिगत ६ वर्षयता इट्टा र कोइलाको ब्यापार गर्दै आएका थिए ।

ब्यापार र परिवारमा कुनै किसिमको तनाव-समस्या थिएन छैन । जेठमा एक पटक घर आएका दाहाललाई भारत पानीट्यान्कीमा धुलाबारीका एकजना साथीसँग असार ७ गते भेट भएको र त्यसपछि बेपत्ता भएको उनको भनाई छ । ब्यवसाय वा ब्यापारको बिषयमा मलाई केही थाहा छैन । कोसँग कति कारोबार छ र लिनेदिनेको के समस्या छ केहि थाहा नभएको उनको भनाई छ ।

दाजुभाई नातागोतमा पनि कुनै समस्या थिएन तर, एकाएक सम्पर्कबिहिन भई बेपत्ता भएपछि खोजी दिन आग्रह गर्को हुँ उनले भनिन् ।

बेपत्ता भएका दाहालले प्रयोग गर्ने सम्पर्क नम्बर ९८१५९७१५८४ हो । घरमा ४ वर्षको छोरा र १८ वर्षीय छोरी छ्न् । वेपत्ता दाहालको खोजी भइरहेको इलाका प्रहरी कार्यालय काकरभिट्टाका डिएसपि दिपक भारतीले जानकारी दिए ।

२०८० भाद्र १९, मंगलवार प्रकाशित 1 Minute 325 Views

ताजा समाचार