२०८२ बैशाख २६ शुक्रबार

कार्यसम्पादनमा लापरबाही गरेको भन्दै मेचीनगरपालिकाका कर्मचारीलाई कारबाहि गर्ने चेतावनी

मेचीनगर । मेचीनगर नगरपालिकाले जनताको कार्यसम्पादनमा कर्मचारीको लापरबाही भएको भन्दै ४८ घन्टाभित्र सुधार नगरे कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् ।

मेचीनगर -४ का अध्यक्ष अर्जुनकुमार कार्की, १० का अध्यक्ष नारायण खनाल र १३ का अध्यक्ष कृष्णराज सिग्देलले नगरपालिकामै पत्रकार सम्मेलन गरी जनताका रोकिएका समस्या र कर्मचारीभित्रको राजनीति खिच्चातानी तथा तलबभत्ताको समस्याको सामाधान गर्न ४८ घण्टे अल्टिमेटम दिएका हुन् ।

IMG_20230904_151236

सबै समस्याको सामाधान नगरे मेची नगरपालिका र सबै वडाका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने चेतावनीसमेत दिएका छन् ।

कर्मचारीको मनोमानीका कारण जनताका दैनिक कार्यसम्पादनमा ढिलासुस्ती गरेको स्थायी कर्मचारी तलब खुवाउने तथा अस्थायी र करार कर्मचारी सुबिधामा बेवास्ता गर्नुले नगरकाले नेतृत्व संबेदनसिल हुन आग्रह गरिएको सम्मेलनमा जारी गरेको प्रेस नोटमा उल्लेख छ ।IMG_20230904_152934

कर्मचारीको ब्यक्तिगत स्वार्थ  र भाजोका कारण पुर्वधार बिकास योजनाका काम सम्पन्न भइसकेपछि भुक्तानी रोकेको र उक्त बिषयमा जानकारी गराउँदा समेत जनप्रतिनिधिलाई बिवादमा ल्याउने गरेको छ ।

स्वास्थ्य संबेदनसिल बिषयमा औषधि खरिद गर्दा ढिलाई गरेको, कृषक समुहका लागि सम्झौता गरेर कार्यसम्पादन गरिसकेको योजनाको भुक्तानी रोकेको, बिपत ब्यवस्थापनका लागि आवश्यक तारजाली खरिद नगरेको, कर्मचारीको बखेडा झिकेर नगरको बिकास निर्माणको काम रोकेर जनप्रतिनिधिलाई सास्ती दिएको, कर्मचारीको अपारदर्शी ब्यवहार, घरको कोठा झै लेखा शाखामा सातदिन यता ताला लगाएको, कुसंस्कार र लापरबाहीले सिंगो नगरको कार्यसम्पादन र गरिमालाई गिराएकाले त्यसको असर वडाअध्यक्षलाई परेको उल्लेख छ ।

ठेक्का लाग्दै आएको खोला आफ्नो उपस्थितपछि ठेक्का नै रोकेको लगायत नगरपालिकाभित्रको जनप्रतिनिधि र कर्मचारीबाट जनताको  समस्याको सामाधान गर्न अनुरोध समेत गरेको प्रेस नोटमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा मेचीनगर-१० का अध्यक्ष नारायण खनाल र १३ का अध्यक्ष कृष्णराज सिग्देलले नगरपालिकाको कार्यसम्पादन, कर्मचारीको रबैया र गतिविधिको बारेमा जानकारी गराउँदै कार्यसम्पादन नसच्याइए ४८ घण्टापछि कार्वाहीस्वारुप अघि बढ्ने उद्घोष गरेका थिए । किसान देबिप्रसाद आचार्य, महिला निता थापाले पनि नगरपालिकाले दिएको सास्ती त्यसको गुनासो गरेका थिए । कार्यक्रमको संचालन मेचीनगर-४ का अध्यक्ष अर्जुनकुमार कार्कीले गरेका थिए ।

२०८० भाद्र १८, सोमबार प्रकाशित 1 Minute 733 Views

ताजा समाचार