२०८१ आश्विन ४ शुक्रबार

स्ववियु T-10 क्रिकेट : काँकरभिट्टा क्याम्पस (ए) र इन्द्रचन्द्र क्याम्पस बिजयी

विश्वास दाहाल, काँकरभिट्टा, भदौं १८ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा भइरहेको अन्तर क्याम्पस टि-१० क्रिकेट प्रतियोगिता अन्तरगतको चौथो दिनको पहिलो खेलमा काँकरभिट्टा बहुमुखी क्याम्पस (ए) ले सितारमेश बहुमुखी क्याम्पसलाई ३५ रन तथा इन्द्रचन्द्र बहुमुखी क्याम्पसले गौरादह कृषि क्याम्पसलाई २६ रनले पराजित गरी क्वाटरफाइनलमा आ-आफनो स्थान पक्का गरेको छ ।

चौथो दिनको पहिलो खेल अन्तरगत काँकरभिट्टा क्याम्पस (ए) ले टस हारेर पहिलो ब्याटिङ्ग गर्दै निर्धारित १० ओभरको खेलमा ६ विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो । काँकरभिट्टा (ए) का लागि देवेन्द्र गिरीले ३५, आशिक राना मगरले २८, बिकास डाँगीले १५, रिकुस साम्पाङले १५ रनको योगदान दिएका थिए । बलिंगतर्फ सिता रमेशका जेनिथ गड्तौलाले २, बिजयकुमार शाहले १, भास्कर खतिवडाले १, टेकेन्द्र कार्कीले १ विकेट लिएका थिए ।

११२ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको सिता रमेश बहुमुखी क्याम्पसले निर्धारित १० ओभरमा ७ विकेट गुमाई ५२ रन मात्र जोडन सकेका थियो । बलिंगतर्फ काँकरभिट्टा क्याम्पस (ए) का लागि विकास डाँगीले २, रिकुस साम्पाले १, कृष्ण राजवंशीले १, सुरज राजवंशीले १ विकेट लिएका थिए ।

३५ रनको शानदार जितपछि काँकरभिट्टा बहुमुखी क्याम्पस (ए) का कप्तान संगम बराले अगामी खेलहरुमा उत्कृष्ट प्रर्दशन गर्दै फाइनल जित्ने दाबी गरेका छन् । खेलको प्लेयर अफ द म्याच काँकरभिट्टा बहुमुखी क्याम्पस (ए) का बिकास डाँगी घोषित भएका थिए ।

सोमबार नै सम्पन्न दोश्रो खेलमा इन्द्रचन्द्र बहुमुखी क्याम्पसले टस हारेर पहिलो ब्याटिंग गर्दै निर्धारित १० ओभरको खेलमा ६ विकेट गुमाई ७७ रनको योगफल तयार पारेका थियो । इन्द्रचन्द्र क्याम्पसका लागि कमल कार्कीले ४८ रनबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।बलिंगतर्फ गौरादह क्याम्पसका जय चौधरीले ३, राजु दाहाल र बिक्रमकुमार तिवारीले समान १-१ विकेट लिएका थिए ।

७८ रनको लक्ष्य लिई मैदानमा ओर्लेको गौरादह कृषि क्याम्पसले १० ओभर ७ विकेट गुमाई ५१ रन मात्र जोडन सकेका थियो । गौरादहका लागि जय चौधरी १८ रन बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । बलिंगतर्फ गौरादह कृषि क्याम्पसलाई पराजित गर्न इन्द्रचन्द्र क्याम्पसका मानस श्रेष्ठले २, बिकास राजवंशीले २, दिपेश बोगटीले २, दिपु चौधरीले १ विकेट लिएका थिए ।

खेलको प्लेयर अफ द म्याच इन्द्रचन्द्र बहुमुखी क्याम्पसका कमल खत्री घोषित भएका थिए ।

प्रतियोगिता अन्तरगत मंगलबार पहिलो खेल गोमेन्द्र क्याम्पस र कोहेड क्याम्पस बिच हुने र मंगलबार नै दोश्रो खेल कनकाई बिर्तामोड क्याम्पस र हिमालयन बहुमुखी क्याम्पस बिच हुने आयोजकले जानकारी दिएको छ ।

भदौ १५ गतेबाट शुरु भएको प्रतियोगिता भदौ २६ सम्म चल्नेछ । प्रतियोगितामा जिल्लाभरका १६ क्याम्पसको सहभागिता रहेको छ भने प्रथम र दोस्रो पुरस्कार स्वरुप क्रमशः ५० हजार र ३० हजार नगदसँगै ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

२०८० भाद्र १८, सोमबार प्रकाशित 1 Minute 548 Views

ताजा समाचार