२०८३ जेष्ठ २८ बिहीबार

मेची भन्सारबाट निस्किएका पाँच वटा गाडी राजश्वको नियन्त्रणमा

काँकरभिट्टा । मेची भन्सार कार्यालय काँकरभिट्टाबाट निस्किएका पाँच वटा गाडी राजश्वले नियन्त्रणमा लिएको छ । राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यसहितको खटिएको टोलीले आइतबार पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाका विभिन्न स्थानबाट पाँच वटा गाडी नियन्त्रणमा लिएको हो । राजश्वको टोलीले मेची भन्सारबाट निस्किएका गाडीहरू नियन्त्रणमा लिएको बताइएको छ ।

भन्सारबाट निस्किएका गाडीहरूलाई शङ्का लागि नियन्त्रणमा लिएको राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख आचार्यले बताए । ती गाडीहरू राजश्व कार्यालयमा राखिएको छ । ‘भोलि छानबिन गरेपछि मात्र यथार्थ कुरा बाहिर ल्याउन मिल्छ,’ उनले भने, ‘अहिले नै केही भन्ने अवस्था छैन ।’

२०८० भाद्र १७, आईतवार प्रकाशित 1 Minute 1077 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।