२०८१ श्रावण ४ शुक्रबार

आन्दोलनबारे पाठ्यपुस्तक लिपिबद्ध हुन नसक्दा माओवादी कमजोर भयो : इन्चार्ज कार्की

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवास समितिका इन्चार्ज राम कार्कीले माओवादी आन्दोलनबारे  पाठ्यपुस्तक लिपिबद्ध गर्न नसक्दा पार्टी कमजोर भएको बताएका छन् । आइतबार प्रवास समितिको तीन महिने अभियानको उद्घाटन गर्दै उनले संघर्षबाट प्राप्त उपलब्धिको रेकर्ड राख्न नसक्नु कमजोरी भएको जिकिर गरे ।

‘राज्यसँग दुई वटा अंग हुन्छ । एक सैनिक, अर्को पर्सेसिप(नरम वा लामो समयसम्म टिक्ने हतियार) हो । राज्यलाई बलियो र टिकाउने भनेको मन्दिर, गुम्बा, विश्वविद्यालय, नागरिक समाज हुन् । तर यसतर्फ हामीले ध्यान दिएनौँ । जनतालाई बुझाउन सकिएन । यसलाई विद्यालय वा विश्वविद्यालयमा लिपिबद्ध गर्न नसक्दा माओवादी आन्दोलन भयो । पार्टी कमजोर भयो’, उनले भने ।

कार्कीले प्रवासको सबै कमिटी भंग गरी नयाँ अनुहार ल्याउन निर्देशन दिए । अब नयाँ पुस्ता नयाँ सोच, विचारका साथ आएकाले पुराना पुस्ता हट्नुपर्ने उनले भनाइ राखे । विशेष अभियानपछि माओवादी फेरि रातो सलह बनेर आउने विश्वास व्यक्त गरे ।

२०८० भाद्र १७, आईतवार प्रकाशित 0 Minutes 158 Views

ताजा समाचार