२०८० आश्विन १५ सोमबार

कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज हुने भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासका लागि तोकिएको शुक्रबारको पेसी हेर्न नमिल्ने भएपछि सुनुवाइ आजका लागि सरेको हो ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री उद्धव थापालगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडामा परेको थियो । सोही कारण हेर्न नमिल्ने भएको थियो ।

न्यायाधीश खतिवडाको एकल इजलासले यही भदौ ७ गते कोशी प्रदेश सरकारका नाममा दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेश भाबाट विश्वासको मत लिएका थिए ।  शिलापत्र 

२०८० भाद्र १७, आईतवार प्रकाशित 0 Minutes 62 Views

ताजा समाचार