२०८१ असार २९ शनिबार

पेप्सीकोला दुर्घटना : एकजनाको मृत्यु

काठमाडौ‌ं । पेप्सीकोला–काँडाघारी सडकखण्डमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। आइतबार बिहान जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टका अनुसार सर्लाहीका २८ वर्षीय राज भट्टराईको मृत्यु भएको हो। उनी बागमती प्रदेश–०२–०४१ क ४८३८ नम्बरको मोटरसाइकल चालक हुन्। सिभिल अस्पतालमा उनको मृत्यु भएको प्रहरी प्रभाग काडाँघारीले जनाएको छ ।

दुर्घटनामा परेर ६ जना घाइते भएका छन्। ​उनीहरूको उपचार सिभिल अस्पतालमै भइरहेको प्रहरीले जनाएको छ।

आइतबार बिहान बा३ ख ४८४८ नम्बरको बसले मोटरसाइकलसहित बा ६ च ५३४२ नम्बरको पिकअप र बागमती प्रदेश–०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

बस चालक रामेछापको लिखुतामाकोशी-२ घर भई हाल पेप्सीकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

२०८० भाद्र १७, आईतवार प्रकाशित 1 Minute 131 Views

ताजा समाचार