२०८३ जेष्ठ २९ शुक्रबार

एमाले लुम्बिनी अधिवेशनको बन्दसत्र सुरू

नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनको बन्दसत्र शनिबार राती नै सुरू भएको छ। निर्धारित समयभन्दा ढिलो भएको उद्घाटनसत्र सकिएपछि साँझ ६ बजेदेखि बन्दसत्र सुरू भएको हो।

पहिलो दिनको बन्दसत्रमा प्रदेश कमिटीको तर्फबाट तयार भएको प्रतिवेदन पेस भएको छ भने अध्यक्ष मण्डलको गठन भएको छ।

प्रदेश प्रचार विभागका प्रमुख डिआर घिमिरेका अनुसार शनिबार प्रतिवेदन पेस भएपछि पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालको संयोजकत्वमा अध्यक्ष मण्डल गठन भएको हो।

अध्यक्ष मण्डलमा स्थायी कमिटीबाट काशिराज अधिकारी, दलबहादुर राना पोलिटब्युरो सदस्यबाट सूर्य थापा, नरूलाल चौधरी, शान्ता चौधरी केन्द्रीय सदस्यबाट सावित्रा अर्याल र सरिता खनाल सदस्य छन्।

शनिबार साँझ पेस भएको प्रतिवेदनमाथि आइतबार पहिलो चरणमा समूहगत छलफल गरिने र प्रतिवेदन पास भएपछि बल्ल निर्वाचन प्रक्रिया अगाडि बढ्ने घिमिरेले जानकारी दिए।

२०८० भाद्र १६, शनिबार प्रकाशित 0 Minutes 277 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।