२०८३ जेष्ठ २१ बिहीबार

भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य

१६ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २६६ रन जोडेको हो ।

भारतका लागि हार्दिक पाण्डेयले ८७ र इसान किसानले ८२ रन बनाउनुबाहेक अरु ब्याटरले उल्लेख्य रन जोड्न सकेनन् । पाकिस्तानका साहिन शाह अफ्रिदीले ४ तथा नसिम शाह र हरिस रउफले समान ३/३ विकेट लिए ।

कमजोर सुरुवात गरेको भारतका रोहित शर्मा ११, शुभमन गिल १० र विराट कोहलीले जम्मा ४ रन जोडेका थिए । त्यस्तै श्रेयस एयरले १४, रविन्द्र जडेजाले १४, जसप्रित बुम्राहले १६, कुलदिप यादवले ४ र शार्दुल ठाकुरले ३ रन लिए ।

२०८० भाद्र १६, शनिबार प्रकाशित 0 Minutes 275 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।