काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)ले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् । उनले महानगरपालिकाको गाडी संघीय सरकारले रोकेको भन्दै यस्तो धम्की दिएका हुन् ।
‘आजको लागि केही भएन । भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनले सरकारलाई ‘चोर’को संज्ञा समेत दिएका छन् । उनले भनेका छन्, ‘याद राख चोर सरकार !’
बालेनले सरकारको कामकारबाहीप्रति निरन्तर कटाक्ष गर्दै आएका छन् । तर, पछिल्लो समय शनिबार भने उनले अराजक अभिव्यक्ति दिएका हुन् ।

२०८० भाद्र १६, शनिबार प्रकाशित
0 Minutes
548 Views
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



