२०८३ जेष्ठ २८ बिहीबार

दुई दिनपछि भेटियो कनकाई नदीमा हराएका श्रेष्ठको शव

कनकाई । कनकाई नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका युवकको शव दुई दिनपछि भेटिएको छ । कनकाई–४ त्रिवेणी टोलका २४ वर्षीय सविन श्रेष्ठको शव शनिबार दिउँसो १२ : १५ बजे भेटिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनीश बुढाथोकीले बताए ।

डुबेको स्थानदेखि करिब ५ सय मिटर दक्षिण श्रेष्ठको शव फेला परेको उनले जानकारी दिए । सर्जमिन मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि पठाइएको छ ।

बिहीबार दिउँसो ३ बजेदेखि बेपत्ता भएका श्रेष्ठको सोही दिनदेखि नै खोजी कार्य जारी राखिएको थियो । आज बिहानैदेखि स्थानीयवासीसहित जिल्ला प्रहरी कार्यालय विपद् व्यवस्थापनको टोलीले नदीमा श्रेष्ठको खोजी गरेका थिए ।

२०८० भाद्र १६, शनिबार प्रकाशित 0 Minutes 320 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।