२०८१ भाद्र २३ आईतवार

आद्य महालक्ष्मी अन्तराष्ट्रिय रथ यात्रा : भदौ १५ गते काँकरभिट्टा आइपुग्ने

मेचीनगर, भदौ १३ । आद्य महालक्ष्मी अन्तराष्ट्रिय रथ यात्रा २०८० भदौ १५ गते काँकरभिट्टा आइपुग्ने भएको छ ।

रथयात्राका सम्बन्धमा बुधबार आयोजित पत्रकार सम्मेलनमा रथयात्राका मेचीनगर संयोजक विजय डालमियाका अनुसार अग्रवालहरुको कुलदेवी आद्य महालक्ष्मीजीको जन आर्शिवाद लिने उद्देश्यले पितृभूमी भारत हरियाणाको अग्रोहा धामबाट अखण्ड ज्योतिसहित प्रारम्भ भएको अन्तराष्ट्रिय रथयात्रा भारत र भुटानको विभिन्न स्थानहरु हुँदै यही भदौ १५ गते नेपाल प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार बिहान ८ः३० बजे नेपालको पुर्वी प्रवेशद्वार नयाँ मेची पुलमा रथयात्रालाई स्वागत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

रथयात्राको नेपालतर्फको स्वागत तथा उद्घाटन प्रतिनिधि सभाकी माननिय उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा काँकरभिट्टाको पञ्चमुखी हनुमान मन्दीरको प्राङ्गणमा गरिने संयोजक डालमियाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टामा भएको पत्रकार सम्मेलनमा अग्रवाल समाजका अगुवा पुनित कुमार बंशलले आद्य महालक्ष्मीको आर्शिवाद लिने उद्देश्यले विभिन्न देशमा रहेका अग्रवाल समुदाय सहित सबै सनातन हिन्दु धर्मावलम्बीहरु बिच रथयात्राको आयोजना गरिएको बताए । ‘धार्मिक तथा सांस्कृतिक रुपमा जोडिएर बसेका नेपाल, भारत र भुटानजस्ता देशहरुबिच धार्मिक आस्थालाई थप बलियो बनाउँदै धार्मिक सहिष्णुता कायम राख्न यस रथयात्रालले सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौं,’ वंशलले भने, नेपाल र भारतबीच युगौंदेखि रहेको आध्यात्मिक र सांस्कृतिक सम्बन्ध यस रथयात्राले अझ सुदृढ गराउने विश्वास लिएका छौं ।’

अग्रवाल समाज मेचीनगरद्वारा आयोजित पत्रकार सम्मेलनमा रथयात्राका मेची संयोजक वेदप्रकाश अग्रवालले महालक्ष्मी भगवान सबैका लागि पुजनिय भएकाले यो अवसरमा सबैले महालक्ष्मीको रथयात्रामा सहभागि भई पुजा आरतीमा गर्न आग्रह गरे ।

पत्रकार सम्मेलनमा अग्रवाल समाज काँकरभिट्टाका अध्यक्ष रोशन अग्रवाल, धुलाबारीका अध्यक्ष ललित अग्रवाललगायतको उपस्थीती रहेको थियो ।

विश्वमा करीब १० करोड अग्रवाल समुदायको बसोबास छ भने नेपालमा मात्रै करीब एक लाख २५ अग्रवाल समुदायका मानिसहरु बसोबास गर्छन ।

थयात्राको तालिका

काँकरभिट्टा

नेपाल प्रवेशः मिति २०८० भदौ १५ गते बिहान ८ः३० मा नयाँ मेचीपुल, काँकरभिट्टामा भव्य स्वागत सहित पञ्चमुखी हनुमान मन्दिरसम्म पैदलयात्रा । बिहान ९ः०० बजे, उद्घाटन, पुजा एवम महाआरती तत्पश्चात प्रसाद वितरण तथा जलपान ।

स्थानः पञ्चमुखी हनुमान मन्दिरको प्राङ्गण, काकरभिट्टा ।

धुलाबारी

दिउँसो ११ः३० बजे, धुलाबारी राधास्वामी भवनबाट बजार परिक्रमा पछि श्री सत्यनारायण मन्दीरमा पुजा, आरती एवम प्रसाद वितरण तत्पश्चात सामूहिक भण्डारा ।

बिर्तामोड

अपरान्ह ४ः३० बजे, बिर्तामोडको साल्ट ट्रेडिङबाट बजार परिक्रमा गर्दै अग्रसेन भवनमा पुजा, आरती एवम प्रसाद वितरण तथा रात्री बिश्राम ।

मितिः २०८० भदौ १६ गते

सुरुङ्गा

विहान ९ः०० बजे, भव्य स्वागत, पुजा, आरती एवम प्रसाद वितरण र बजार परिक्रमा गर्दै विदाई ।

दमक

विहान ११ः३० बजे दमक चोकमा भव्य स्वागत गर्दै बजार परिक्रमा सहित मारवाडी सेवा समितिको भवनमा पुजा, महाआरती एवम प्रसाद वितरण ।

उर्लावारी
दिउँसो २ः०० बजे, भव्य स्वागत, महाआरती, प्रसाद वितरण र बजार परिक्रममा गर्दै विदाई ।

इटहरी

अपरान्ह ४ः०० बजे श्री कृष्ण प्रणामी मन्दीर चोकबाट भव्य स्वागत गर्दै श्री राधाकृष्ण मन्दीरमा पुजा, महाआरती एवम प्रसाद वितरण पछि विदाई । रात्री विश्राम धरान ।

मितिः २०८० भदौ १७ गते

धरान

विहान ८ः०० बजे अग्रसेन भवन धरानमा पुजा, महाआरती एवम प्रसाद वितरण ।

दुहवी

दिउँसो १२ः१५ बजे भव्य स्वागत गर्दै शाहा भवनमा पुजा, महाआरती एवम प्रसाद वितरण तथा विदाई

बिराटनगर

अपरान्ह ४ः०० बजे टंकसिनवारी ढाटमा भव्य स्वागत गर्दै नगर परिक्रमा सहित अथिति सदनमा पुजा, महाआरती एवम प्रसाद वितरण तथा रात्री विश्राम ।

मितिः २०८० भदौ १८ गते

विहान ९ः०० बजे, अतिथि सदनबाट श्रीकृष्ण गौशालासम्म पदैल यात्रा, गौशालामा पुजा, महाआरती पछि विदाई ।

२०८० भाद्र १३, बुधबार प्रकाशित 0 Minutes 173 Views

ताजा समाचार