२०८३ जेष्ठ २८ बिहीबार

बुद्ध एयरको जहाजमा खराबी, एमाले नेताहरु चढेको जहाज जनकपुरबाट काठमाडौं फिर्ता

काठमाडौं । नेकपा एमालेका शीर्ष नेताहरु चढेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाडौं फिर्ता ल्याइएको छ । जनकपुर जाँदै गरेको जहाजको अटो पाइलट सिस्टममा समस्या आएपछि काठमाडौं फिर्ता ल्याइएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

उक्त जहाजमा एमालेका शीर्ष नेताहरु चढेका थिए । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ,युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, विष्णु रिमाल, प्रदीप ज्ञवालीलगायतका नेताहरु चढेका थिए ।

एमालेको आजदेखि सिरहामा सचिवालय बैठक बस्दैछ । सोही बैठकमा सहभागी हुन उनीहरु अहिले जनकपुरतर्फ जाँदै थिए । जनकपुर पुग्ने बेलामा समस्या आएकाले ओर्लन नसक्ने भन्दै काठमाडौं ल्याइएको थियो ।

२०८० भाद्र १३, बुधबार प्रकाशित 0 Minutes 271 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।