
५० करोड अमेरिकी डलर र सरकारको १३ करोड डलर लागत रहेकामा ३ सबस्टेसनका लागि ६ करोड ७० लाख डलर थपसहित कुल लागत ६९ करोड ७० लाख डलर
काठमाडौं । पाल्पाको तानसेन नजिकै गुडिरहेको स्कोरपियो गाडी पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ ।
लु १ ज ४६०० नम्बरको स्कोरपियो पहिरोमा परेको हो । बिहान गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको गाडी तानसेन नगरपालिकाकै जोर्तेमा पहिरोमा पुरिएको थियो । पुरिएर एक महिला र दुई पुरुषको मृत्यु भएको बताइए पनि पहिचान भने हुन सकेको छैन ।

दुर्घटनामा घाइते भएकालाई उपचारका लागि पाल्पा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
२०८० भाद्र १३, बुधबार प्रकाशित
0 Minutes
69 Views