काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोसी प्रदेशमा राप्रपाले गठबन्धनलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले समिति गठन गर्दा राप्रपासँग बनेको सहमतिको वातावरणले कोसीमा सरकार गठन र पूर्णतामा सहजता ल्याउने विश्वास व्यक्त गरे ।

उनले यस विषयमा दलहरूबीच सकारात्मक ढंगले छलफल हुने भन्दै सरकार फेल नखाने बरु सफल हुने तर्क गरे ।
यसअघि मंगलबार नै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समितिको नेतृत्व लिनका लागि सत्तापक्षसँग कुनै प्रकारको सहमति नभएको बताएका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



