२०८३ जेष्ठ २८ बिहीबार

उर्लाबारीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक डाक्टरको मृत्यु

मोरङ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत मोरङको उर्लाबारीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी घर भएका २८ वर्षीय डा. नीरज यादवको रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

मङ्गलवार बिहान उर्लाबारी- ४ स्थित ऊ सत्य साई पेट्रोल पम्प नजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १-०२-०५२ प ४२४१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र-३-००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट घाइते डा. यादवको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर देवेन्द्र दासले जानकारी दिए । ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डा. यादव बिर्तामोडस्थित कनकाई हस्पिटलमा कार्यरत रहेको बुझिएको छ ।

२०८० भाद्र १२, मंगलवार प्रकाशित 1 Minute 400 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।