२०८१ भाद्र ३१ सोमबार

फेला परेनन् दुई दिनदेखि हराइरहेका नेपाली सेनाका गुल्मपति

झापा । डोल्पा सदरमुकाम दुनै, नन्द बक्स गुल्मका गुल्मपति विमल पण्डित अझै सम्पर्कविहीन नै छन्।

आइतबार साँझदेखि हराइरहेका पण्डित मंगलबार बिहानसम्म पनि सम्पर्कमा नआएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए।

‘आफन्तहरूले सोधिखोजी गरिरहनुभएको छ। उहाँ अहिलेसम्म सम्पर्कमा आउनु भएन,’ प्रजिअ पोखरेलले सेतोपाटीसँग भने, ‘हामीले राति पनि खोजी कार्य जारी नै राख्यौं।’

प्रजिअ पोखरेलका अनुसार गुल्मपति पण्डित आइतबार साँझ ब्यारेकबाट एक घन्टाको दुरीमा रहेको त्रिपुराकोटमा देखिएका थिए। मोबाइलको अन्तिम लोकेसन पनि त्यहीँकै देखाएको उनले बताए।

पण्डित आइतबार अपराह्न ४ः५५ बजे ब्यारेकबाट निस्किएको र सम्पर्कविहीन भएको डोल्पाका प्रहरी प्रमुख डिएसपी नवराज बुढाथोकीले बताए।

‘हामीले आज बिहान ५ बजेदेखि नै खोजी गरिरहेका छौं। अवस्था अझै अज्ञात नै छ,’ उनले भने।

 

२०८० भाद्र १२, मंगलवार प्रकाशित 1 Minute 149 Views

ताजा समाचार