२०८० आश्विन १५ सोमबार

भद्रपुरकी बालिका अपहरण भएकोे आशंका

भद्रपुर । भद्रपुर नगरपालिका–९ बाट सोमनाथ सिग्देलकी तीन बर्षीया छोरी आज दिउँसो हराएकी छिन् ।

केदारेश्वर मन्दिर छेउ निवासी सिग्देलकी छोरीलाई एक भारतीय व्यक्तिले अपहरण गरेर लगेको हुने सक्ने अनुमान गरिएको छ । सो क्षेत्रमा विहानैदेखि लाटोको अभिनय गर्दै घरघरमा भारतीय नागरिक माग्दै हिंडेको स्थानीयवासीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय झापाले सो सूचना पाए लगत्तै मातहतका कार्यालयहरुमा जानकारी पठाई भारतीय व्यक्ति र बालिकाको खोजी गरिरहेको जनाएको छ । सामाजिक सञ्जालबाट बालिकाको तस्वीर पोस्ट्याएर स्थानीयवासी, पत्रकार सबैले खोजी गर्न र सम्बन्धित व्यक्तिलाई तत्काल पक्राउ गर्न खबरदारी गरिरहेका छन् ।

२०८० भाद्र ११, सोमबार प्रकाशित 0 Minutes 184 Views

ताजा समाचार