२०८१ आश्विन ४ शुक्रबार

योगदानको कदर गर्दै पूर्व प्रगति टोल विकास संस्थाले गर्यो सम्मान

काँकरभिट्टा । मेचीनगर-६ मेचीडाँडास्थित पूर्व प्रगति टोल विकास संस्थाले ६ औं वार्षिक साधारणसभाको अवसरमा ३ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

शनिबार जेष्ठ नागरिक चौतारो परिषरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मिना पोख्रेल उप्रेतीले समृद्ध समाज निर्माणका लागि स्थानीय तहले योजना बनाएरै कार्य सम्पादन गरिरहको बताइन् ।

कार्यक्रमका विशिष्ठ अतिथि मेचीनगर वडा नं ६ का वडाध्यक्ष ललितबहादुर तमाङ्गले टोल विकास संस्थाका पदाधिकारीहरुलाई सेवामुलक कार्य जिम्मेवार ढंगले गर्न आग्रह गरेका छन् । उनले आफ्नो टोल विकास गर्नका लागि आफैं लाग्नुपर्ने बताए । विशिष्ठ अतिथि तमाङ्गले टोलका संस्थापक उपाध्यक्ष कृष्णबहादुर सिलवाल, संस्थाको जेष्ठ सदस्य कमला पाण्डे, संस्थाका सचिव पूणर्प्रसाद श्रेष्ठलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी दिपक भारतीले लागुऔषध र त्यसले निम्त्याएको समस्याका बिषयमा टोलवासीलाई सचेत रहन आग्रह गरेका थिए ।

संस्थाका अध्यक्ष मुक्ति पौडेलले टोल विकास संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कुल ९२ घर सदस्य रहेको टोल विकास संस्था ५,९४,६७५ । रकम बचत रहेको संस्थाको कोषाध्यक्ष अनिता सिलवालले बताईन् ।

कार्यक्रममा मेचीनगर नगरपालिका उपप्रमुख मिना पोख्रेल उप्रेती, विशिष्ठ अतिथि मेचीनगर-६ का वडा अध्यक्ष ललित बहादुर तामाङ्ग, विशेष अतिथि इप्रका काँकरभिट्टाका डिएसपी दिपक भारतीलगायतले शुभकामना मन्तव्य राखेको थिए । संस्थाको कोषाध्यक्ष अनिता सिलवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिइन् ।

२०८० भाद्र ९, शनिबार प्रकाशित 1 Minute 396 Views

ताजा समाचार