२०८१ बैशाख २ आईतवार

होटल व्यवसायी संघ मेचीनगरको नवनिर्मीत भवनको उद्घाटन

मेचीनगर, ७ भदौ । होटल व्यवसायी संघ मेचीनगरको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

मेचीनगर-६ काँकरभिट्टास्थित नवनिर्मीत भवनको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका हुन् । २०७९ फागुन १५ गते भवनको शिलान्यास नगरप्रमुख बुढाथोकीले नै गरेका थिए ।

२१ लाख रुपैयाँमा निर्माण भएको उक्त भवनका लागि नगरपालिकाले ८ लाख ५० हजार सहयोग गरेको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल)ले जानकारी दिए । ‘होटल व्यवसायी संघ र महासंघको आफ्नो भवन काहिँ छैन’, अध्यक्ष श्रेष्ठले भने-‘संघको जग्गा छ, भवन काहीँ छैन । यो भवन नै पूर्वमा पहिलो पटक हो ।’

बढ्दो शहरीकरणसँगै पूर्वी नाका काँकरभिट्टा छिमेकी मुलुक भारत, बंगलादेश, भुटानलगायत दक्षिण एसियाका विभिन्न मुलुकसँग स्थलमार्ग जोडिने मुख्य नाका हो । यहाँ करिब ३ सय बढि सुविधा सम्पन्न होटलहरु सञ्चालित रहेको संघका वरिष्ठ उपाध्यक्ष मानबहादुर गिरी (धुर्व)ले बताए।

पछिल्लो समय आन्तिरक तथा बाह्रिय पर्यटकका लागि आर्कषणको केन्द्रको रुपमा स्थापित गर्न संघले विभिन्न कार्यक्रम र सरोकारवाला निकायसँग समन्वय गर्दै आएको छ । व्यवसायीहरु कोरोना संक्रमणको सामना गर्दै थलिएको व्यवसायबाट तङ्गरिन थालेका छन् ।

कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, होटल व्यवसायी संघ झापाकी अध्यक्ष ईन्दिरा श्रेष्ठ, होटल व्यवसायी एवम् समाजसेवी राजु कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रममा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेल, नाइट चेस क्लबका अध्यक्ष राजु कार्की, पूर्व मेची बस व्यवसायी संघका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, समाजसेवी डिल्लीराम घिमिरे, राजु पोख्रेल, माधवलाल अर्याललगायतको उपस्थिति रहेको थियो ।

होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष मानबहादुर गिरी (ध्रुब) ले र सञ्चालन महासचिव हस्तबहादुर तामाङले गरेका थिए ।

२०८० भाद्र ७, बिहीबार प्रकाशित 1 Minute 249 Views

ताजा समाचार