२०८१ श्रावण ४ शुक्रबार

अर्जुनधारामा करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

झापा । झापामा कुटी काट्ने मेसिनबाट करेन्ट लागेर श्रीमानको मृत्यु भएको छ, भने श्रीमती घाइते भएकी छिन् । करेन्ट लागेर मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका- ९ निवासी २४ वर्षीय अमृत रेग्मी जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीका अनुसार बुधबार दिउँसो साढे २ बजेको समयमा आफ्नै घरमा कुटी काट्ने क्रममा श्रीमती ममतालाई करेन्ट लागेको थियो ।

श्रीमतीलाई करेन्ट लागेको देखेपछि श्रीमान् श्रीमतीलाई बचाउन जाँदा उनलाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर दम्पती नै घाइते भएका थिए । घाइतेमध्ये अमृतलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी रिजालले बताए ।

घाइते ममतालाई स्थानीय शङ्कर अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड पठाइको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

२०८० भाद्र ६, बुधबार प्रकाशित 1 Minute 214 Views

ताजा समाचार