२०८१ जेष्ठ ८ मंगलवार

शिवसताक्षी बस दुर्घटना : चालकसहित पाँच जना घाइते

शिवसताक्षी । पूर्व-पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका-१० मा यात्रु वाहक बस दुर्घटना भएको छ । बस दुर्घटनामा परी चालकसहित पाँच जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सामान्य घाइते भएका चार यात्रुहरू आआफ्नो गन्तव्यतर्फ लागिसकेको प्रहरीले जनाएको छ । मङ्गलवार बिहान साढे ९ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र-१-०१-००१ ख ४१६२ नम्बरको बसलाई सोही दिशा तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट भएको युके ०६ सिबी २७५२ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बसको साइडको लुकिङ ग्लासमा ट्रकको पछाडिको डालामा ठक्कर खाई बस अनियन्त्रित भई सडकको बायाँ साइडको सिमलको रुखमा गएर ठोक्किएको थियो ।

दुर्घटनामा परी कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेले ट्रक र ट्रक चालक भारत बस्ने ३८ वर्षीय नसिब अन्सारीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

२०८० भाद्र ५, मंगलवार प्रकाशित 1 Minute 179 Views

ताजा समाचार