२०८३ जेष्ठ २९ शुक्रबार

बुद्धशान्तिमा स्कुल बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु

बुद्धशान्ति । स्कुल बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बुद्धशान्तिस्थित कर्णाली एजुकेसन फाउन्डेसनको स्कुल बसले ८ वर्षीया बालिका समीक्षा बस्नेत आइतबार ठक्करको थियो ।

दुर्घटनामा परी घाइते भएकी समीक्षाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनी स्थानीय ज्योति अङ्ग्रेजी माविमा अध्ययनरत थिइन् ।

जयपुर बुधबारे सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ क ८६० नम्बरको स्कुल बसले समीक्षासहित उनका बाबु खड्ग बस्नेत, उनकी आमा रिता बस्नेत र ५ वर्षीय भाइ सन्दीप बस्नेतलाई ठक्कर दिएको थियो ।

परिवारका अन्य तीन जनासमेत घाइते भएका थिए । दुर्घटनामा संलग्न बस र सोही ठाउँ निवासी चालक मदन घिमिरेलाई प्रहरी नियन्त्रणमा लिएको जनाएको छ ।

२०८० भाद्र ४, सोमबार प्रकाशित 0 Minutes 401 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।