संखुवासभा । संखुवासभा कारागारभित्र कुटपटिबाट दुई कैदीको मृत्यु भएको घटनामा प्रहरीसहित १२ जना माथि अनुसन्धान भइरहेको छ । कैदी मृत्यु प्रकरणमा प्रहरीका एक असईसहित एक दर्जनलाई अनुसन्धानको दायरामा तानिएको डीएसपी वीरेन्द्र गोदारले बताए ।
उनका अनुसार घटनामा संलग्न देखिएका प्रहरी र कैदीसहित उनीहरुविरुद्ध ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । अनुसन्धानमा रहेकाहरुको नाम प्रहरीले खुलाएको छैन ।
संखुवासभा कारागारका दुई कैदीकाे गत साता शंकास्पद मृत्यु भएको थियो । दुवैलाई भाग्न खाेजेकाे अवस्थामा पक्राउ गरेर भित्र पठाएपछि कैदीबन्दीले कुटपिट गरेको कारागार प्रशासनले जनाएको थियो । कुटपिटमा प्रहरीको पनि संलग्नता खुलेपछि घटनाको विस्तृत अनुसन्धान भइहरेको हो ।
अनुसन्धानमा रहेका संग बयान लिने काम भइरहेको छ । मृतकका परिवारले दिएको जाहेरीका आधारमा सहायक निरीक्षकसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत संखुवासभाले गत साउन २८ गते पक्राउका लागि अनुमति दिएको थियो ।
प्रहरीले घटना लगत्तै कारागार सुरक्षामा खटिएको १० प्रहरी र चौकीदारसहित ९ कैदीलाई नियन्त्रणमा लिएको बताउँदै आएको छ ।