२०८३ जेष्ठ २९ शुक्रबार

मेची नदीमा डुबेर एक बालकको मृत्यु

झापा । मेची नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा भद्रपुर नगरपालिका- ६ स्थित भानुनगर निवासी विनोद महतोको १३ वर्षीय छोरा शिव महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बालक महतो अन्य दुईजना साथीहरूसँगै शनिबार दिउँसो ३ मेची नदीमा पौडी खेल्न गएका थिए ।

भद्रपुर नगरपालिका- ५ देवीबस्तीको तटबन्ध नजिकै पौडी खेल्ने क्रममा महतो पानीको गहिरोमा भाग्न डुबेको र उनको घटनास्थलमै मृत्यु भएको थियो । उनीसँगै अर्को बालक पनि डुबी रहेको स्थानीयले देखेपछि उनलाई तत्काल उद्धार गरेका थिए । घटना साढे ३ बजेको हो । वडा प्रहरी कार्यालय भद्रपुरको टोली घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरी बालकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।

२०८० भाद्र २, शनिबार प्रकाशित 1 Minute 394 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।