२०८१ भाद्र २३ आईतवार

मेची उद्योग वाणिज्य संघको समन्वयमा १ दिने निशुल्क आँखा जाँच

मेचीनगर । मेची उद्योग वाणिज्य संघको समन्वय तथा अपांग मैत्री सेवा स्वरोजगार संस्थाको आयोजनामा मेचीनगर १० स्थित धुलाबारी सामुदायिक अध्ययन केन्द्रमा एक दिने निशुल्क आँखा जाँच तथा ओैषधी वितरण कार्यक्रम सम्पन्न भएको छ ।

आँखा परीक्षणको क्रममा ९१ जनालाई निशुल्क औषधी, ४१ जनालाई चस्मा बितरण गरिएको थियो । २१ जनामा मोतिविन्दु, २६ जनामा शल्यक्रिया गर्नुपर्ने देखिएको काँकरभिट्टा आई केयर सेन्टरका डाक्टर रजल थापा क्षेत्रीले बताए ।

मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, महासचिव दिनेश शाक्य ,सचिव कमल कोइराला, सदस्यहरु दिनेश पोखरेल, मानकुमार कटुवाल, कार्यकारी निर्देशक गोपाल बस्नेतसमेतको उपस्थिथि रहेको थियो । शिविरमा जम्मा २४२ जनाले आँखा परीक्षण गराएका थिए ।

अपांगमैत्री सेवा स्वरोजगार संस्थाका अध्यक्ष राम बुढाथोकी, सल्लाहकार सानुकुमार लिम्बूसहित अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा मेचीनगर वडा नं १० का वडा सदस्य बिशाल कार्कीको उपस्थिति रहेको थियो ।

काँकरभिट्टा आई केयर सेन्टर प्रालिबाट डाक्टर रजल थापा, योगराज दाहाल, दिपिका बुढाथोकी, करण रायको प्राविधिक टोलीको प्रावधिक सहयोगमा शिविर सम्पन्न भएको थियो ।

२०८० भाद्र २, शनिबार प्रकाशित 0 Minutes 167 Views

ताजा समाचार