२०८१ जेष्ठ १० बिहीबार

मेचीनगरका सुन्दर हत्या प्रकरण : हँसियाले घाटी रेटेर हत्या गर्ने दुई जना पक्राउ

मेचीनगर । मेचीनगर नगरपालिका–८ निवासी ४३ वर्षीय सुन्दर किसानको घाटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । सुन्दरको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनको हत्या आफन्तजनबाटै भएको र घटनाको विस्तृत जानकारी भोलि शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउने प्रहरीले जनाएको छ ।  गाई गोरु किनबेच पेसा गर्दै आइरहेको सुन्दरको हँसियाले घाटी रेटेर हत्या गरिएको छ । हत्यामा प्रयोग भएको हँसिया प्रहरीले फेला पारिसकेको छ ।

उनको शव बिहीबार बिहान साढे २ बजेको समयमा मेचीनगर- ८ स्थित इँटाभट्टा उत्तर खोल्सा नजिककै झारीमा फेला परेको हो । मृतक सुन्दर  बुधवार साँझ ६ बजे घरबाट निस्किएका थिए ।  रातभरि घर नफर्किएका श्रीमानको चप्पल घरदेखि डेढ किलोमिटर पर सडकमा उनका श्रीमतीले बिहीबार बिहान ७ बजे देखेकी थिइन् ।

चप्पल नजिकै रगत थोपाहरू देखा परेपछि उनले तत्काल प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटीको संयुक्त टोलीले  घटनाको अनुसन्धान गरेका थिए ।

२०८० भाद्र १, शुक्रबार प्रकाशित 1 Minute 2342 Views

ताजा समाचार