
काँकरभिट्टा, ३२ साउन । मेची सामुदायिक सेवा केन्द्रका सचिव अर्जुन राईलाई पितृशोक परेको छ । उनका ७५ वर्षीय बुवा ललित राईको बिहिबार विहान ४ः२० मिनेटमा धुलाबारीस्थित आम्दा मेची अस्पतालमा निधन भएको हो ।
मेचीनगर-६ काँकरभिट्टास्थित लक्ष्मी टोल निवासी समाजसेवी राई मिग्रौला रोगबाट पीडित थिए । उनकी श्रीमति गीता राई तथा दुई जना छोराहरु नवराज र अर्जुन राई छन् । त्यस्तै एक जना छोरी दीपिका राई छिन् । उनका कान्छा छोरा अर्जुन राई मेची सामुदायिक सेवा केन्द्रका सचिव, तरुण दल झापा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति, नवयात्रा सुधार केन्द्रका संस्थापक अध्यक्षसमेत हुन् ।

समाजसेवी राईको बिहिबार विहान ११ वजे टोक्ला चिया बगान छेउ जंगलको समाधिस्थलमा दाहासंस्कार गरिएको छ ।
शवयात्रामा नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वातिच सांसद विश्वप्रकाश शर्माको पनि उपस्थिति रहेको थियो ।