२०८० फाल्गुन १६ बुधबार

मेचीनगर–८ मा मृत अवस्थामा भेटियो एक शव

मेचीनगर, ३२ साउन । मेचीनगर–८ मा मृत अवस्थामा एक शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार मेचीनगर–८ का ४३ बर्षिय सुन्दर किसानको शव मृत अवस्थामा भेटिएको हो । उनका अनुसार घट्ना किन र कहिले भयो ? भन्ने बारे भने अनुसन्धान भइरहेको छ ।

जिल्ला र प्रदेश प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको उनले जानकारी दिए । शवको प्रकृति हेर्दा विभत्स तरिकाले हत्या गरिएको देखिन्छ । यद्यपी प्रहरी अनुसन्धान भइरहेकाले अनुसन्धानले नै थप कुरा पत्ता लगाउने प्रवक्ता रिजालले बताए ।

२०८० श्रावण ३२, बिहीबार प्रकाशित 0 Minutes 1178 Views

ताजा समाचार