२०८१ बैशाख २ आईतवार

मेची खोलाले बगाउँदा एक जनाको मृत्यु

मेचीनगर । मेची खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

डुबेर मृत्यु हुनेमा मेचीनगर नगरपालिका–५ नकलबन्दास्थित ५८ वर्षीय शेरबहादुर प्रधान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधवार बिहान करिब ६ बजेको समयमा मेची खोला तैरिएर भारत आफन्तका घरमा जान लागेका प्रधानलाई खोलाले बगाएको थियो ।

प्रधानलाई खोलाले बगाएसँगै स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

सीमा प्रहरी चौकी नकलबन्दा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा, स्थानीयले उनको खोजी गर्ने क्रममा खोलाको मध्य भागमा ब्यागसहित अकडिएको अवस्थामा मृत फेला पारेका थिए । प्रधानको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।

२०८० श्रावण ३१, बुधबार प्रकाशित 0 Minutes 417 Views

ताजा समाचार