२०८३ जेष्ठ २९ शुक्रबार

सरकारी शिक्षक आन्दोलनमा, शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना

झापा । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा साउन २८ गते ७५३ वटै पालिकामा धर्ना दिँदै सरकारलाई स्मरणपत्र बुझाएका शिक्षकहरूले मङ्गलवार ७७ वटा नै शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन् ।

उनीहरूले शिक्षा विकास तथा समन्वय इकाईमार्फत विगतका ३१ बुँदे र ५१ बुँदे सम्झौताको प्रति स्मरणको निम्ति सरकारलाई पठाएका छन् । यस क्रममा करिब एक हजारभन्दा बढी झापाका शिक्षकहरूले शिक्षा विकास तथा समन्वय इकाई भद्रपुरमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म धर्ना दिएका थिए । द्रोण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पेसागत संस्थाका प्रतिनिधिहरूले आफ्नो विचार व्यक्त गरेका थिए ।

भेलामा नेपाल शिक्षक संघ कोशी प्रदेशका अध्यक्ष तेजप्रसाद चौलागाईं ,नेपाल शिक्षक युनियन झापाका पूर्व अध्यक्ष नारायणप्रसाद गौतम ,नेपाल शिक्षक संघ झापाका अध्यक्ष तोयानाथ दाहाल ,अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन प्रदेश महासचिव कपिल तिमिल्सिना ,नेपाल राहत शिक्षक समिति झापाका अध्यक्ष तेजप्रसाद खनाललगायतका शिक्षक तथा विद्यालय कर्मचारीहरूले विषयमा सम्बोधन नगरीकन जारी गरिन लागेको विद्यालय शिक्षा ऐनलाई अस्वीकार गर्ने घोषणा गरेका छन् ।

पहिलो चरणको कार्यक्रमअन्तर्गत पालिकामा साउन २८ गते,शिक्षक विकास इकाईमा साउन ३० गते ,सातै वटा प्रदेश साउन ३२ गते धर्ना तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ। पहिलो चरण आन्दोलन समाप्तिपछि दोस्रो चरणमा काठमाडौँ केन्द्रित आन्दोलन हुने छ ।

२०८० श्रावण ३०, मंगलवार प्रकाशित 0 Minutes 333 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।