काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा दिवाकर घले चुनिएका छन् । मंगलबार सम्पन्न संघको चौथो साधारण सभाले नेपाल क्रिकेट संघ (क्यान)का पूर्वउपाध्यक्ष समेत रहेका घलेलाई निर्विरोध चयन गरेको हो ।
संघको उपाध्यक्षमा अजयवीर पाण्डे, सचिवमा किरण राणा, कोषाध्यक्षमा विनित ध्वज चन्द चुनिए ।

यस्तै, सदस्यहरूमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँगै अमृता पौडेल, वसन्तराज सत्याल, विजयकुमार शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, साश्वत शर्मा, हिमालराज गिरी, धिरेन्द्रलाल श्रेष्ठ र ज्योति गुरुङ चुनिए ।
कार्यसमितिका सबै पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन् । क्यानको केन्द्रिय निर्वाचन नजिकिँदै गर्दा अहिले जिल्ला निर्वाचन जारी छ । क्यानको केन्द्रिय निर्वाचन असोजमा हुने तालिका छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



