२०८३ जेष्ठ २९ शुक्रबार

मनमोहन अस्पतालसँग कुनै सहमति भएको छैन : पीडित परिवार

झापा। बिर्तामोडमा भएको सुत्केरी प्रकरणमा कुनै सहमति नभएको परिवारले जनाएको छ । विभिन्न सञ्चार माध्यममा सहमति भएको भन्ने खबर झुटो भएको बहिनी कुसुम सङ्ग्रौलाले जानकारी दिइन् ।

झापाको बिर्तामोडमा विवाद सहमति भएपछि टुङ्गिएको भन्ने भन्ने खबर निराधार भएको पीडित पक्षको भनाई छ । मनमोहन अस्पताल प्रशासन र पीडित पक्षबीच साँझसम्म छलफल भएको थियो ।

गत साउन २७ गते प्रसूति गराउन बिर्तामोडको मनमोहन हस्पिटल ल्याइएकी बिर्तामोड १ की २७ वर्षीया सिर्जना सङ्ग्रौलाको मृत्यु भएको भनिए पनि विर्तासिटीले औपचारिक घोषणा गरेको छैन । पीडित परिवारले चिकित्सकको लापरबाही भएको बताउँदै आएका छन् ।

अस्पताल पक्षबाट गल्ती स्वीकार गर्दै पीडित पक्षलाई २० लाख क्षतिपूर्ति दिने, उपचारमा संलग्न चिकित्सकलाई कारबाहीका लागि सम्बन्धित ठाउँमा सिफारिस गर्ने र नवजात शिशुलाई कक्षा १२ सम्म अध्ययन गराउने सहमति भन्ने कुरा गलत भएको बताइएको छ ।

२०८० श्रावण ३०, मंगलवार प्रकाशित 0 Minutes 464 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।