झापा। बिर्तामोडमा भएको सुत्केरी प्रकरणमा कुनै सहमति नभएको परिवारले जनाएको छ । विभिन्न सञ्चार माध्यममा सहमति भएको भन्ने खबर झुटो भएको बहिनी कुसुम सङ्ग्रौलाले जानकारी दिइन् ।
झापाको बिर्तामोडमा विवाद सहमति भएपछि टुङ्गिएको भन्ने भन्ने खबर निराधार भएको पीडित पक्षको भनाई छ । मनमोहन अस्पताल प्रशासन र पीडित पक्षबीच साँझसम्म छलफल भएको थियो ।
गत साउन २७ गते प्रसूति गराउन बिर्तामोडको मनमोहन हस्पिटल ल्याइएकी बिर्तामोड १ की २७ वर्षीया सिर्जना सङ्ग्रौलाको मृत्यु भएको भनिए पनि विर्तासिटीले औपचारिक घोषणा गरेको छैन । पीडित परिवारले चिकित्सकको लापरबाही भएको बताउँदै आएका छन् ।
अस्पताल पक्षबाट गल्ती स्वीकार गर्दै पीडित पक्षलाई २० लाख क्षतिपूर्ति दिने, उपचारमा संलग्न चिकित्सकलाई कारबाहीका लागि सम्बन्धित ठाउँमा सिफारिस गर्ने र नवजात शिशुलाई कक्षा १२ सम्म अध्ययन गराउने सहमति भन्ने कुरा गलत भएको बताइएको छ ।