
विराटनगर । कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको तेस्रो बैठक आउँदो भदौ १ गते बस्ने भएको छ ।
गएको असार १५ गते अर्को सूचना नभएसम्म स्थगित भएको प्रदेशसभाको बैठक आगामी शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को उपनियमबमोजिम बैठक बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीको भनाइ छ ।
२०८० श्रावण ३०, मंगलवार प्रकाशित
0 Minutes
68 Views