२०८३ जेष्ठ २१ बिहीबार

कोशीका मुख्य न्यायाधीवक्तामा कटुवाल

विराटनगर । कोशी प्रदेशका मुख्य न्यायाधीवक्तामा अधिवक्ता बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन् । उनले सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा मुख्य न्यायाधीवक्ता नियुक्त भएका कटुवाललाई उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारूले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मुख्यन्यायाधीवक्ता नियुक्त भएका गजेन्द्र आचार्यले प्रदेश प्रमुख खापुङसमक्ष गत असार २२ गते पदबाट राजीनामा दिएका थिए ।

२०८० श्रावण ३०, मंगलवार प्रकाशित 0 Minutes 316 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।