२०८३ जेष्ठ २९ शुक्रबार

नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा ६ जना बैंकका कर्मचारी पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा प्रहरीले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार ६ जनालाई पक्राउ गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए।

पक्राउ पर्नेमा बुटवलको ड्राइभर टोल ब्रान्चकी मनिषा मास्के, मणिग्राम ब्रान्चकी गोमा ज्ञवाली, कालिका नगर ब्रान्चकी कल्पना खत्री, प्रतिक्षा रेग्मी, बुटवल ब्रान्चका खिमानन्द गौतम र दिपक विष्ट छन्।

बैंकले उनीहरूको शैक्षिक प्रमाणपत्र नक्कली रहेको बताएपछि प्रहरीले पक्राउ गरेको एसपी ढुंगेलले बताए।

‘उनीहरूको शैक्षिक प्रमाणपत्र नक्कली हो भन्ने जानकारी बैंकले दिएपछि हामीले पक्राउ गरेका छौं,’ उनले भने।

परिसरले यससम्बन्धी थप अनुसन्धान अघि बढाएको बताएको छ।

२०८० श्रावण २९, सोमबार प्रकाशित 0 Minutes 353 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।