२०८३ जेष्ठ २९ शुक्रबार

संखुवासभाका जेलरविरुद्ध नै पक्राउ पुर्जी जारी

२८ साउन, काठमाडौं । संखुवासभामा जेलभित्रै २ जना कैदीको मृत्यु भएको घटनामा कारागार प्रमुख राजेन्द्र अधिकारी र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

साउन २४ गते बिहान जिल्ला कारागार संखुवासभामा विनोद तोलाङी र विकास श्रेष्ठ भनिने आकाश बलामीको मृत्यु भएको थियो ।

मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीका आधारमा जिल्ला अदालत संखुवासभाले उनीहरुका नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी भएका मध्ये चौधरीलाई पक्राउ गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।

२०८० श्रावण २८, आईतवार प्रकाशित 0 Minutes 387 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।