२०८१ आश्विन २६ शनिबार

सीआईबीको अपरेसनमा सक्कली नै डाक्टर परेपछि…

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को ‘अपरेसन चार्ली फक्सट्राट’ विवादित बनेको छ । नक्कली डाक्कटरविरुद्धको अपरेसनमा सक्कली डाक्टर नै पक्राउ परेको खुलेपछि ‘अपरेसन फक्सट्रट’माथि नै प्रश्न उठेको हो ।

अपरेसनअन्तर्गत हालसम्म आठजना डाक्टर पक्राउ परेका छन् । तर, पक्राउ परेकामध्ये महोत्तरी पिपराका रन्जित कुमार यादव सक्कली डाक्टर रहेको खुलेको छ ।

नेपाल मेडिकल काउन्सियलका रजिस्टार कृष्णप्रसाद अधिकारीले नाम र ठेगाना मिल्दा प्रहरीले यादवलाई पक्राउ गरेको हुन सक्ने बताए । उनको विवरणलाई काउन्सिलले सच्याएर सीआईबीमा पठाइसकेको छ ।

“नियतवश त नहोला । तर, ठेगाना र नाम जुधेकाले त्यस्तो हुन गयो होला हामीले सच्याएर पठाइसकेका छौँ,” अधिकारीले भने ।

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले भने काउन्सियलकै कागजातका आधारमा चौधरीलाई पक्राउ गरिएको बताइन् ।

“हामीबाट कमजोरी भएको होइन । काउन्सिलले उपलब्ध गराएको कागजातका आधारमा पक्राउ गरिएको हो । नागरिताको फोटोकपीसमेत हामीलाई उपलब्ध भएपछि हामीले पक्राउ गरेका हौँ । त्यो मान्छे होइन भने काउन्सिलले अर्को पत्र पठाउनुपर्‍यो,” एआईजी बज्राचार्यले भनिन् ।

२५ साउनमा सीआईबीले अपरेसन चलाएको थियो । अपरेसनका क्रममा नेपाली कांग्रेसका सांसद सुनील शर्मासमेत पक्राउ परेका थिए । तर, जिल्ला अदालत काठमाडौं थुनामा राख्न अनुमति नदिएपछि उनी छुटिसकेका छन् ।

सीआइबीको थुनामा अहिले सातजना डाक्टर छन् । तर, रन्जित यादवसमेत सक्कली डाक्टर पक्राउ परेको खुलेपछि उनलाइ छोड्ने सीआईबीको तयारी छ ।

२०८० श्रावण २८, आईतवार प्रकाशित 1 Minute 181 Views

ताजा समाचार