२०८१ जेष्ठ ८ मंगलवार

संखुवासभा कैदी मृत्यु प्रकरण: कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध किटानी जाहेरी

संखुवासभा । मृतकका आफन्तले जिल्ला कारागारमा भएको दुई कैदी मृत्यु प्रकरणमा कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

जिल्ला कारागारका निमत्ति प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलगायतविरूद्ध पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा शनिबार उजुरी दर्ता गराएका हुन् ।

जिल्ला कारागार संखुवासभामा दुईजना कैदीको कुटपिटबाट मृत्यु भएको थियो । कुटपिटबाट कैदी संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो ।

मादी नगरपालिका–५ का ३० वर्षीय प्रकाश तोलाङ्गीले कारागार प्रमुख र कारागार सुरक्षाकर्मीलगायतविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदार बताए ।

कैदीहरूको कुटपिटबाट मृत्यु भएपछि पीडितका आफन्तहरूले शवको पोष्टमार्टम नगरी विरोध गर्दै आएका थिए ।

२०८० श्रावण २७, शनिबार प्रकाशित 0 Minutes 283 Views

ताजा समाचार