२०८० फाल्गुन १५ मंगलवार

कोशी प्रदेश प्रहरीको वार्षिक कार्य योजना सार्वजनिक

झापा । कोशी प्रदेश प्रहरी वार्षिक कार्य योजना २०८० सार्वजनिक भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयमा शुक्रबार एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी वार्षिक कार्य योजना २०८० सार्वजनिक गरेका हुन् ।

अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान र शान्ति सुरक्षा व्यवस्थापन तथा कार्यरत प्रदेश प्रहरीको आन्तरिक तथा साङ्गठनिक क्षमतालाई स्वच्छ, सुदृढ, सबल, प्रविधियुक्त बनाई अपराधको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखा परेका चुनौतीहरूको सामना गर्दै गुणस्तरीय, प्रभावकारी एवं नागरिकमैत्री सेवा प्रवाहको सुनिश्चितताको लागि कोशी प्रदेश प्रहरीद्वारा ‘कोशी प्रदेश प्रहरी वार्षिक कार्य योजना२०८०’ सार्वजनिक गरिएको हो ।

कार्य योजनामा समावेश भएका लक्ष्य, कार्यगत उद्देश्य, कार्य योजना क्रियाकलापहरूको कार्यान्वयनमा मुख्य जिम्मेवार कार्यालयहरूले लक्ष्यहरू हासिल गर्न सम्पूर्ण कर्मचारीहरूलाई आ–आफ्नो क्षेत्रबाट इमानदारीपूर्वक प्रयास तथा जिम्मेवारी निर्वाह गर्न प्रदेश प्रहरी प्रमुख बास्तोलाले निर्देशन समेत दिएका छन् ।

२०८० श्रावण २७, शनिबार प्रकाशित 0 Minutes 112 Views

ताजा समाचार